Online Bichar
शुक्रबार, बैशाख १२, २०८२ | Friday, April 25, 2025

झापा, २२ साउन २०८० । झापाको दमकबाट प्रतिबन्धित लागुऔषध सहित १ जना मानिसलाई प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं. ९ चिया बगानका २२ वर्षिय रोहित गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका नडा नं.९ चिया बगान स्थितबाट अन्दाजी १०ः३० बजेको समयमा गौतमलाई शंका लागी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका गौतमलाई ईलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया