Online Bichar
आइतबार, जेठ १३, २०८१ | Sunday, May 26, 2024

काठमाडौं, २० साउन २०८० । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा स्थगित गरेको छ ।

सिटीइभीटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयकोे प्रवेश परीक्षा शुक्रबार सूचना जारी गरी स्थगित गरेको हो ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित गरेको हो ।

उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने सिटिइभीटीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया