Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

काठ्माडौं, १९ साउन २०८० । मोरङको सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध सेवाग्राहीसँग दुई लाख रुपियाँ घुस लिएको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार ढकालले नगरपालिका तथा वडा कार्यालयहरुमा भएको भुक्तानी दिने प्रयोजनको लागि सो घुस लिएको आरोप लागेको छ ।

आरोपितलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रकम दुई लाख रुपियाँसहित कैद सजाय हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया