Online Bichar
बुधबार, बैशाख १०, २०८२ | Wednesday, April 23, 2025

सुनसरी, १८ साउन २०८० । सुनसरीको रामधुनीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । रामधुनी नगरपालिका-९ मा बुधवार राती साढे ११ बजे स्थानीय २० वर्षीय नीरज चौधरी शौचालय जाने क्रममा विद्युतीय तारमा टेक्न पुग्दा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि टिचिङ अस्पताल विराटनगर लगेको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया