झापा, १५ साउन २०८० । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु प्रसाद निरौलालाई कार्यपालिका सदस्यहरुले कार्यालय प्रवेश तथा हाजिरमा रोक लगाउँदै कारबाहीको माग गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृतको क्वाटरभित्र एक महिलासँगको अनैतिक भिडियो सार्वजनिक भएसँगै १५ जना कार्यपालिका सदस्यहरुले कारबाहीको माग गरेका हुन् । उक्त घटनाले आम नागरिकको ध्यानाकर्षण भएको बताउँदै कार्यपालिका सदस्यहरुले तत्कालि बैठक बोलाउन माग गर्दा नगर प्रमुखले वेवास्था गरेको उनीहरुको आरोप छ ।
नगर प्रमुख रामकुमार थापाले घटना ढाकछोपमा लागेको उनीहरुको आरोप छ । अनैतिक भिडियोले नगरपालिकाको प्रतिष्ठामा असर गरेको भन्दै सदस्यहरुले कार्यपालिका बैठक राखेर साझा धारणा सार्वजनिक गर्न माग गरेका छन् ।