Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

झापा, ११ साउन २०८० । झापाको भद्रपुरमा २ वटा जंगली हात्तीको समूहले ३ वटा घरमा क्षति पुर्‍याएको छ । हात्तीले बिहीबार(आज)बिहान २ बजे भद्रपुर नगरपालिका वडा नं.४ साम्पाङ चोकका माया राई, अमर आङदेम्वे र धन बहादुर राईको घर र भान्सा कोठामा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

हात्तीले माया राईको घरको बरन्डा, झ्याल र टिनको छानो भत्काई घरभित्र रहेको अन्नपात, भाडा वर्तन नष्ट गरि करिब २७ हजार मूल्य बराबरको क्षति गरेको छ ।

यस्तै, सोही ठाउँका अमर आङदेम्वेको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडा वर्तन नष्ट गरि अन्दाजी २५ हजार मूल्य बराबरको क्षति गरेको छ भने, धनबहादुर राईको भान्सा कोठा भत्काई भान्सा कोठामा रहेको अन्नपात, भाडा वर्तन नष्ट गरि करिब २१ हजार मूल्य बराबरको गरेर अन्दाजी ७३ हजार मूल्य बराबरको क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । जंगली हात्तीले क्षति पुर्‍याएको घटना थाहा पाए लगतै प्रहरी चौकी महेशपुरको टोली घटनास्थल पुगेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया