काठमाडौं, १० साउन २०८० । सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले गोरखापत्र अनलाइनलाई दिनुभयो ।
उहाँका अनुसार, सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं। २ वासिकबाट नियन्त्रणमा लिइएको हो ।