झापा, २८ असार २०८० । पछिल्लो ३ देखि ६ घण्टा झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाको धेरै स्थानमा भारी वर्षा भएको छ । यि जिल्ला भई बहने साना खोलामा आकस्मिक बाढीको जोखिम हुने जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, झापाको कनकाई, अनारमनि बिर्ता, चन्द्रगढी एयरपोर्ट आसपासका क्षेत्र र सुनसरीको धरान, चतरा आसपासको क्षेत्रमा भारी वर्षा भइरहेकोले आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले आज बिहान जारी गरेको सूचनामा उल्लेख गरिएको छ । खोला, नदीतटिय क्षेत्र र डुबान भइरहने होचा स्थानमा दिउँसो १२ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।