Online Bichar
सोमबार, माघ २८, २०८१ | Monday, February 10, 2025

झापा, १८ असार २०८० । भोजपुरको साल्पासिलिछो गाउँपालिका-३ का १९ वर्षीय सुसन राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई घर नजिकै रहेको मकैवारिमा बन्दुक पड्किएर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा एउटा दुम्सी मरेको अवस्थामा रहेको र मृतक राईलाई समेत तिघ्रामा छर्राले लागेर रक्ताम्मे अवस्थामा मृत फेला परेकोले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया