Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

काठमाडौँ, १४ असार २०८० । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पसहरूलाई पुरस्कृत गर्ने भएको छ । आगामी असोज २ गते राष्ट्रिय शिक्षा दिवसको अवसरमा उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्ने भएको हो । त्यसका लागि आवेदन आह्वान गरेको छ । तोकिएको मापदण्ड र ढाँचामा साउन १९ गतेभित्र कार्यालय समयमा आवेदन दिन माग गरेको हो ।

उत्कृष्ट क्याम्पसलाई पुरस्कृत गर्न विश्वविद्यालयका आङ्गिक क्याम्पसका साथै विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका सामुदायिक र निजी क्याम्पसले आ–आफ्नो दाबीसहित आवेदन माग दिनुपर्नेछ ।

आयोगले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक लगायतका पुरस्कार प्रदान गर्नेछ । क्यम्पसहरुले राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७ को दफा १६ मा भएको व्यवस्था अनुसार आवेदन दिनुपर्नेछ ।

 

तपाईको प्रतिक्रिया