Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

काठमाडौं, १२ असार २०८० । ललितानिवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको हो । अन्दाजी ८० वर्षका उनी जागिरबाट अवकाश भएको पनि २५ वर्ष भइसकेको सीआईबी स्रोतले जनाएको छ ।

सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया