झापा, १२ असार २०८० । आज सिन्धुपाल्चोक, रसुवा, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ आसपास भई बहने केही ससाना नदीहरुमा आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ । नुवाकोट, धादिङ, चितवन, मकवानपुर, स्याङजा, तनहुँ, रोल्पा, रुकुम पश्चिम, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, बाजुरा, दार्चुला आसपास भई बहने केही ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान छ ।
भोलि बागमती, गण्डकी र कर्णाली प्रदेश भई बहने केहि ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ । यस्तै, बिहिबार मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभाग भई बहने केहि ससाना नदीहरुमा बहाव बढ्न सक्ने पूर्वानुमान गरिएको छ ।
आज बिहान गरिएको मापन अनुसार आगामी ३ दिन कोशी, कन्काई, नारायणी, कर्णाली, बबई, पश्चिम राप्ती, कमला, बाग्मती, पूर्वी राप्ती र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान गरिएपनि बढ्दो हुने रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।