Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

झापा, १० जेठ २०८० । झापाको कमल र कन्काईका बैंकिङ कसुर र चोरी मुद्धामा फरार रहेका २ जना प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका वडा नं.७ बस्ने बर्ष ५५ वर्षिय मोहन ढकाल र कन्काई नगरपालिका वडा नं.५ बस्ने ३० वर्षिय मनोज ऋषिदेव रहेका छन् ।

शनिबार पक्राउ परेका ढकाललाई उच्च अदालत पाटनको २०७९ असार २७ गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा १ दिन कैद, १ लाख जरिवाना र पिडित राहत कोषमा ४ हजार क्षतिपुर्ति भराउनु पर्ने फैसला भएकोमा उनि फरार रहेका थिए ।
यस्तै, आईतबार(आज) पक्राउ परेका ऋषिदेवलाई झापा जिल्ला अदालतको २०७८ चैत ८ गतेको फैसला अनुसार ५ वटा चोरी मुद्दामा ६ महिना कैद र ५५ हजार जरिवाना फैसला भएकोमा उनि फरार रहेका थिए ।

दुवैजना लाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षब खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएकोले अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया