Online Bichar
सोमबार, आषाढ ११, २०८१ | Monday, June 24, 2024

झापा, ४ असार २०८० । देशभर पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर ३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले दैनिक विपद् बुलेटिन जारी गर्दै पछिल्लो २४ घण्टामा बाढी पहिरोमा परेर ३ जनाको ज्यान गएको जनाएको हो ।

पहिरोमा परेर ताप्लेजुङ, पाँचथर र संखुवासभामा २ जनाको मृत्यु भएको छ । ५ जना बेपत्ता भएका छन् भने, १ जना घाइते भएका छन् । यस्तै, बाढीबाट संखुवासभा, पाँचथर र ताप्लेजुङमा १ जनाको मृत्यु भएको छ । २० जना बेपत्ता र ४ जना घाइते भएका छन् । यस्तैगरी, आगलागीबाट स्याङजा र दाङमा गरी ४ जना घाइते भएका छन् । देशका विभिन्न जिल्लाका २१ स्थानमा बाढी, १८ स्थानमा पहिरो, ६ स्थानमा आगलागी र १ स्थानमा जनावर आक्रमण सम्बन्धि विपद्का घट्ना दर्ता भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया