Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, ४ असार २०८० । वैदेशिक रोजगारीको लागि नेदरल्याण्ड्स पठाइ दिन्छु भन्दै ३२ लाख रुपैयाँ ठगीको आरोपमा १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ९ बत्तिसपुतली बस्ने वर्ष ३० का बलराम थापा मगर रहेका प्रहरीले जनाएको छ ।

टिकाजंग कार्कीलाई नेदरल्याण्ड्स पुगेपछि डेढलाख मासिक तलबको जागिर लगाइदिन्छु भन्दै नेदरल्याण्ड्स पठाउने विश्वास दिलाई प्रलोभनमा पारी पटक(पटक गरी २६ रुपैयाँ ठगेको भन्दै वैदेशिक रोजगार विभागबाट पक्राउका लागि आग्रह गरिएकाले उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मिनभवनका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया