Online Bichar
मंगलबार, मंसिर २५, २०८१ | Tuesday, December 10, 2024

काठमाडौं, ४ असार २०८० । कोशी प्रदेश सरकार र प्रदेशको नामकरणप्रति असन्तुष्ट हुँदै आन्दोलनरत पहिचानवादी समूहबीच पहिलो चरणको वार्ता भएको छ ।

कोशी प्रदेश सरकारले बनाएको वार्ता टोली र कोशी प्रदेश नामाकरणविरुद्धको संघर्ष समितिले बनाएको वार्ता टोलीबीच भएको पहिलो वार्तामा थप छलफल गर्ने सहमति भएको छ । पहिलो छलफल र वार्तामा आन्दोलनरत पक्षका मागबारे विषय उठान भएको सरकारी वार्ता टोलीका संयोजक एंव कोशी प्रदेश सरकारका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले जानकारी दिनुभयो । दुवै पक्षले फेरि वार्ता गर्ने सहमति गरेको उहाँको भनाइ छ ।

आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङ्वाले सरकारसँग औपचारिक रुपमा वार्ता सुरु हुनु सकारात्मक भएको प्रतिक्रिया दिनुभयो । प्रदेशसभाले गत फागुन १७ गते प्रदेश नम्बर १ को नाम कोशी पारित गरेसँगै पहिचानवादी समूहहरुले सरकारविरुद्ध आन्दोलन सुरु गरेका थिए ।

 

तपाईको प्रतिक्रिया