झापा, ४ असार २०८० । लागुऔषध चरेस मुद्धाको १ जना फरार प्रतिवादी महिलालाई झापा प्रहरीले पक्राउ गरेको छ । दमक नगरपालिका वडा नं. १४ कि ४० वर्षिय असमिता भन्ने कोपिला तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाल रिजालले जानकारी दिनुभयो ।
उच्च अदालत बिराटनगर इलाम इजलासको २०७९ माघ १८ गतेको फैसला अनुसार लागुऔषध चरेस मुद्धामा फरार रहेकी तामाङलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले आईतबार पक्राउ गरेको प्रवक्ता रिजालले जानकारी दिनुभयो । फैसला कार्यन्वयनको निमित्त झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाएको प्रवक्ता रिजालले बताउनुभयो । तामाङलाइ १ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ ।