Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

झापा, १ असार २०८० । भद्रपुर-८ स्थित प्रादेशिक अस्पताल आसपास आगामी भदौ १ गतेदेखि मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । भद्रपुर नगरपालिका-८ नम्बर वडा कार्यालयले प्रादेशिक अस्पताल आसपास एक सय मिटर वरिपरि मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष गौरव सुब्बा (मनोज) ले जानकारी दिए ।

वडा कार्यालयमा बिहीबार बसेको स्थानीय बुद्धिजीवी, व्यवसायी, समाजसेवीहरूको एक भेलाले सो निर्णय गरिएको वडा अध्यक्ष सुब्बाले बताए । वडाको यो पहिलो प्रयास रहेको बताउँदै उनले भने, ‘अस्पताल आसपास ती वस्तुहरू बेचबिखन, सेवन गर्न नपाइने र नियम उल्लङ्घन गरेमा जरिवाना गर्नेसम्म निर्णय गरेका छौँ ।’ यसको अनुगमनका लागि स्थानीय भरत गुरुङ, केदार महत, सुरज रेग्मी लगायत १२ सदस्य बजार व्यवस्थापन समिति गठन गरिएको उनको भनाई छ ।र्टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया