Online Bichar
आइतबार, जेठ ०६, २०८१ | Sunday, May 19, 2024

झापा, ३२ जेठ २०८० । सौर्य एयरलाइन्सले सेवाग्रहीलाई लक्षित गरेर विभिन्न अफरहरु ल्याएको छ । ‘आईएमई पे’मार्फत सौर्य एयरलाइन्सको जहाजको टिकट काट्ने यात्रीले चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने भएको हो ।

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले करिब ८ सय रुपैयाँ पर्ने चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने सम्झौता आईएमई ग्रुपसँग भएको जानकारी दिए ।

सौर्य एयरलाइन्सको जहाजमा यात्रा गर्ने यात्रीमध्ये जतिले आईएमई पेमार्फत टिकट काट्छन्, सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क पाउने अध्यक्ष पोख्रेलले बताए ।

झापााको भद्रपुर, विराटनगर, पोखरा लगायतका स्थानबाट सौर्यको जहाज चढेर काठमाडौं पुगेकायात्रीले आईएमई पेमार्फत टिकट काटेमा सबैलाई चन्द्रागिरि केबलकारको टिकट निःशुल्क उपलब्ध गराउने अध्यक्ष पोखरेलले जानकारी दिए ।

काठमाडौंबाट अन्य रुटमा यात्रा गर्ने यात्रीले पनि ‘आईएमई पे’मार्फत टिकट काटेको भए उनीहरूलाई पनि चन्द्रागिरिको टिकट निःशुल्क उपलब्ध गराइने पोखरेलले बताए । झापा भद्रपुर निवासी व्यवसायी पोख्रेल सामाजिक काममा सक्रिय रहेका छन् ।

 

तपाईको प्रतिक्रिया