Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

झापा, ३१ जेठ २०८० । पशुपंक्षी सम्बन्धी कसुर मुद्धाका १ जना फरार प्रतिवादीलाई झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-३ का ३२ वर्षिय पशुपति भट्टराई रहेका छन् ।

झापा जिल्ला अदालतको २०७८ पुस २२ गतेको फैसला पश्चात पशुपंक्षी सम्बन्धी कसुर मुद्धामा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका भट्टराईलाई आज(बुधबार) फैसला कार्यन्वयनको निमित्त जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले बताउनुभयो। पक्राउ परेका भट्टराईलाइ ६ महिना कैद सजाय तोकिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया