Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024

मोरङ, २९ जेठ २०८० । कलमा मोटर जोड्ने क्रममा करेन्ट लागेर मोरङमा एकजनाको मृत्यु भएको छ। मोरङको ग्रामथान गाउँपालिका–५ भङ्साबारीमा सोमबार दिउँसो १ जनाको मृत्यु भएको हो ।

विद्यानन्द ठाकुरको घरमा नयाँ कल गाडेर मोटर जोड्ने क्रममा करेन्ट लाग्दा ग्रामथान–३ का अन्दाजी ४६ वर्षीय सिरु माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार दिउँसो २ बजेतिर करेन्ट लागेर माझी गम्भीर घाइते भएका थिए । उपचारका लागि विराटनगरको कोसी अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको जानकारी उनले दिए ।

 

तपाईको प्रतिक्रिया