Online Bichar
सोमबार, आश्विन ०८, २०८० | Monday, September 25, 2023

काठमाडौं, २९ जेठ २०८० । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को अरुणखोलामा पौडी खेल्ने क्रममा डुबेर एक शिक्षकको मृत्यु भएको छ ।

देवचुली नगरपालिका-१५ प्रगतीनगर घर भएका ३० वर्षीय कृष्ण सुवेदीको मध्यविन्दु नगरपालिका-१४ बतासास्थित अरुणखोलाको मुखेढुङ्गा पानीको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो ।

मृतक सुवेदी मध्यविन्दु नगरपालिका-१० स्थित जनता माध्यामिक विद्यालयका शिक्षक हुनुहुन्छ । सुवेदीसहित स्कुलका सात जना शिक्षक पौडी खेल्न खोलामा गएका थिए ।

 

तपाईको प्रतिक्रिया