Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

गौरीगंज २९ जेठ २०८० । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित लोक सेवा सदनको विवादित जग्गाको विषयमा परेको मुद्दामा झापा जिल्ला अदालतले लोक सेवा सदनको पक्षमा फैसला सुनाएको छ ।

झापा जिल्ला अदालतले मुद्दाको वादी रहेको गौरीगंज गाउँपालिकाको हकमा दाबी गरिएको जग्गासम्बन्धी मुद्दामा अदालतले लोक सेवा सदनको पक्षमा जग्गा सदर गर्दै सार्वजनिक गर्न ठहर नहुने फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश ईश्वरमणि ओझाको इजलासले जेठ ३ गते फैसलाको प्रमाणिकरण गर्दै लोक सेवा सदनको जग्गा सार्वजनिक गर्न मुनासिव नरहेको फैसला सुनाएको हो।

फैसलाको पुर्णपाठमा भनिएको छ – ‘कानुन बमोजिम संगठित संस्थाको नाममा दर्ता कायम रहेको जग्गा उत्त संस्था कानुन बमोजिम विघठित भएका अवस्थामा वाहेक उत्त संस्थाका नाममा रहेको सम्पति सार्वजनिक गर्न अवस्था रहदैन ।’
गौरीगंज गाउँपालिका वार्ड नं. ६ बस्ने स्व.भिमप्रसाद चौधरीले आफ्ना बाबु स्व.लोकनाथ चौधरीका नाममा २०३८ सालमा यस भेगका जनताको हित र भलाईका लागि लोक सेवा सदन अनौपचारिक संस्था खडा गरी सो संस्थाका नाममा झापा जिल्ला तत्कालिन गौरीगंज गाविस वडा नं. ७ (हाल गौरीगंज गाउँपालिका वार्ड नं. ३) स्थित कि. नं. १२६ को क्षेत्रफल ५२०५ व.मि., वार्ड नं.२ को २०८ र ७२९, वार्ड नं.३ को कि.नं.६,९,१२,१४,१७,१९,६४, ६९, ७२,८२, ९५,१२३, १३८,१५१, १५०, २२८, २२९, २३५, ५९१, ६५७,६६८, ६८२, १२६ र वडा नं. ४ को कि. नं.१४३९, १३९, ३१८, ६१, २९०, ५५५, ५८९, ५२३० जग्गाहरू दानपत्र दर्ता गरी दिएको पुर्णपाठमा उल्लेख गरिएको छ ।

संस्थाको नाममा दर्ता रहेको जग्गा अतिथि सदन निर्माण स्थलको जग्गा करिब १५ कठ्ठा साढे ७ धुर जग्गा बाहेक मोहीयानी जग्गा रहेको छ । गौरीगंज गाउँपालिका वार्ड नं। ४ मा रहेको १ विघा १२ कठ्ठा १२ धुरमा वसन्त ताजपुरियाको नाममा मोही रहेको छ भने १ विघा १० कठ्ठा ३ धुर जग्गामा हौला ताजपुरिया, ३ विघा ३ कठ्ठा २ धुर जग्गामा रेबतीरपुसन्दर ताजपुरिया, ६ कठ्ठा १ धुरमा गिरजु ताजपुरिया, १ विघा ३ कठ्ठा २ धुरमा जोगलाल ताजपुरिया, ६ कठ्ठा ६ धुरमा टोपलाल ताजपुरिया, ४ कठ्ठा ६ धुरमा मेघलाल ताजपुरिया, १ कठ्ठा ६ धुरमा नारायण प्रसाद ताजपुरिया, ५ कठ्ठा १ धुरमा कामदेव ताजपुरिया, ५ कठ्ठामा अगम ताजपुरिया, १८ धुरमा डाली ताजपुरियाको नामा मोहियानी रहेको छ ।

यस्तै,गौरीगंज गाउँपालिका वार्ड नं. ३ ले लोक सेवा सदनको जग्गा विवाद सम्बन्धि मुद्वा जिल्ला अदालत झापाले लोक सेवा सदनको पक्षमा फैसला सुनाएपछि आईतवार आम भेला बोलाएको थियो
वार्ड नं.३ का वडा अध्यक्ष श्रवण गिरीको अध्यक्षमा आयोजित आमभेलामा सहभागी वत्ताहरूले लोक सेवा सदनको सम्पुर्ण जग्गा गौरीगंज गाउँपालिकाकै संरक्षण र स्वामित्वमा रहनु पर्ने जोड दिएका थिए । समाजसेवी स्व. भिमप्रसाद चौधरीले आफ्ना बुबा स्व। लोकनाथ चौधरीको नाममा लोक सेवा सदन संस्था खडा गरी २०३४ सालमा संस्थाको नाममा रहेको र संस्था पछिल्लो समय निष्कृय रहि मृतक अवस्थामा रहदा स्वतः विघठित भई तत्कालिन गौरीगंज गाउँपञ्चायत , गौरीगंज गाविस हुदै हाल गौरीगंज गाउँपालिकाको स्वामित्वमा रहनु पर्ने बताएका थिए । लोकसेवा सदनसंग मिल्ने अर्को नामको संस्था स्थापना गरी २०५९ सालमा संस्था दर्ता गरी लोक सेवा सदनको जग्गा भुमाफियाको हातमा लान चलखेल भईरहेको उनीहरूको आरोप थियो । सहभागीहरूले वार्ड नं. ६ को कार्यालयले वार्ड नं। ३ को विवादित जग्गाको मालपोत काटेको भन्दै आक्रोश पोखेका थिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवँर, निवर्तमान गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, निर्वतर्मान उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं। ३ का अध्यक्ष श्रवण गिरी, निवर्तमान वडा अध्यक्ष मखना महतो, श्याम ढकाल, केदार रिमाल, पर्वत राजवंशी, प्रमोद राजवंशी, सफल खरेल, निरज शर्मा, हेमा आचार्यलगायतले आआफ्नो धारणा राखेका थिए ।

आमभेलाले लोक सेवा सदन जग्गा संरक्षण समितिसमेत गठन गरेको छ । समितिमा श्याम ढकाल, केदार रिमाल, मखना महतो, बाबुराजा श्रेष्ठ, सफल खरेल, हेमा आचार्य, निरज शर्मालगायत छन् ।
भेलाले गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी लाई भेटी जिल्ला अदालतको फैसला लोक सेवा सदनको पक्षमा आईसकेको अवस्थामा अब गाउँपालिकाले पुनरावेदन अदालतमा मुद्दा हाल्नु पर्ने , मुद्दाको अख्तियारी गौरीगंज गाउँपालिकाको कर्मचारीलाई दिनु पर्ने र वकिलले पाउने पारिश्रमिक निकासा दिनुपर्ने दबाब दिएका थिए । गाउँपालिकाकी अध्यक्ष राजवंशीले पुनरावेदन अदालतमा मुद्वाको लागि गाउँपालिकाले स्वमित्व लिने र अख्तियारी दिने विषयमा सकारात्मक रहेको बताएकी छिन् । आज सोमबार नै उत्तm विषयमा गाउँपालिकाले वैठक बसी निर्णय लिने बताईएको छ ।

लोक सेवा सदनको विवादित जग्गा सम्बन्धि मुद्वामा गाउँपालिकाले हालसम्म ६ लाख १० हजार २ सय ६० रूपैया कानुनी व्यवसायीलाई बुझाएको गाउँपालिकाले जनाएको छ ।कोचिला न्यूजबाट

तपाईको प्रतिक्रिया