झापा, २७ जेठ २०८० । झापामा प्रतिबन्धित लागुऔषध सहित ५ जना मानिस पक्राउ परेका छन् । आज ३ः३० बजेको समयमा झापाको मेचिनगर नगरपालिका वडा नं.१२ स्थितमा रहेको कालिझोडा जंगलमा लागुऔषध कारोबार भई रहेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी चारआलि झापाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका वडा नं.७ मिया बस्ती बस्ने १९ वर्षिय महमद आरिफको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोईन ५० मिलिग्राम फेला पारीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
पक्राउ परेका आरिफसँग अनुसन्धान गर्दै जादा अर्जुनधारा नगरपालिका वडा नं.११ स्टाफ चौक बस्ने २० वर्षिय प्रदिप दर्जीको साथबाट ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम, मेचीनगर नगरपालिका वडा नं.१३ बस्ने २८ वर्षिय धन बहादुर महताराको साथबाट ब्राउन सुगर ८०० मिलिग्राम, बिर्तामोड नगरपालिका वडा नं.१० सैनिक बजार बस्ने २४ वर्षिय सन्दिप लाम्गादे समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान गर्दै जाँदा बिगतका दिन देखि नै लागुऔषध कारोबारमा संलग्न प्रहरीको खोजीमा रहेको देश भारत दार्जिलिङ खोरिवारी ठाना बस्ने ३२ वर्षिय राजेन्द्र बर्मनलाई मेचिनगर नगरपालिका वडा नं.७ ईटाभट्टा स्थितमा फेला पारी चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १० ग्राम र नेपाली नगद २७ हजार ५० रुपैयाँ सहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।