Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

झापा, १९ जेठ २०८० । लागुऔषध मुद्धामा फरार रहेका १ जना प्रतिवादीलई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका-११ का २४ वर्षिय रामबाबु साह रहेका छन् ।

झापा जिल्ला अदालतको २०७८ भदौ १३ गतेको फैसला अनुसार लागुऔषध मुद्धामा फरार रहेका साहलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागी खटिएको प्रहरी टोलीले मिति बिहिबर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका साहलाई फैसला कार्यन्वयनको निमित्त आज जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागी कारागार कार्यालय झापा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो । साहलाई ५ वर्ष कैद र ५ हजार जरिवाना तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया