Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

शान्ति सुब्बा
गौरादह, १९ जेठ २०८० । झापाको गौरादह नगरपालिका वडा नं.२ मा टोल विकास संस्थाका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले टोल विकास संस्था क्षमता विकास अभिमुखिकरण कार्यक्रम संचालन गरिएको छ। आज (शुक्रबार) वडा नं.२ को सभाहलमा संचालन गरिएको अभिमुखिकरण कार्यक्रममा वडा नं.२ भित्र रहेका ५ वटा टोल विकास संस्थाका पदाधिकारीहरु सहभागी भएका थिए।

वडा नं.२ ले आयोजना गरेको कार्यक्रममा जनचेतना नेपाल काठ्माडौंले सहजकर्ता संस्थाको रुपमा कार्यक्रमको सहजिकरण गरेको थियो । त्यसअवसरमा प्रशिक्षक खेमराज अधिकारी, चेतना निरौला र प्रेम कुमारी रिजालले टोल विकास संस्था भनेको के हो?, टोल विकास संस्थाको गठन, टोल विकास संस्थाको काम, यसका पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार, टोल विकास संस्थाको विधान लगायतका बारेमा प्रशिक्षण गराएका थिए । प्रशिक्षणका क्रममा योजना छनौट गर्ने तरिका, छनौट गरिएका योजनाको प्राथमिकिकरण, उद्यमसिलता केहो, निर्णय प्रक्रिया पूरा गर्ने तरिका, वडा बासिमा चेतनाको विकास, कार्य सम्पादन मुल्यांकन, गरिबी निर्धारणका आधारहरु, सेवाग्राहिको पहुचमा अभिवृद्धि लगायतका विषयमा प्रशिक्षण दिएका थिए।

त्यसअवसरमा गौरादह नगरपालिका का नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि छत्रपती सुवेदीले टोल विकास संस्थाका पदाधिकारीहरुले विधान अनुसार टोलको विकास, योजना बनाउने देखी योजना कार्यान्वयन गर्न सक्ने अधिकार हुने भएकाले संस्थाका पदाधिकारीहरु अझ बढि जिम्मेवार हुनुपर्ने बताउनु भएको छ । यस्तै वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले टोल विकास संस्थाले वडा भित्र समान रुपमा विकास निर्माणका अवधारणा लैजान र वडा बासिका मुख्य समस्या पहिचान गरेर सम्बन्धित निकाय सम्म पुर्याउन सहज हुने बताउनु भएको छ । वडा भित्र भएका योजनाहरुलाई प्राथमिकिकरण गर्न र छनौट भएका योजनालाई कुन तहमा राख्ने त्यसका बारेमा जानकारी गराइने वडाध्यक्ष कोईरालाले बताउनुभयो ।

सो अवसरमा क्षमता अभिबृद्वी अभिमुखिकरण कार्यक्रममा सहभागी तीनजना प्रशिक्षकहरुलाई कदर पत्र प्रदान गरिएको थियो। कार्यक्रममा गौरादह नगर प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, वडा सदस्य शंकर कट्टेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा सदस्य उतम बस्नेतले कार्यक्रम संचालन गर्नुभएको थियो।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया