Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

शान्ति सुब्बा
गौरादह, १८ जेठ २०८० । झापाको गौरादहमा लागु औषध र्दुव्यसनी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको छ । विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरुलाई सचेतना गराउने उद्देश्यले लागु औषध र्दुव्यसनी न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।

गौरादह-२ स्थित अमर माध्यमिक विद्यालयमा आज (बिहिबार) सञ्चालन गरिएको कार्यक्रममा कक्षा ९ मा अध्ययनरत निजि विद्यालय तर्फ ज्ञान ज्योति मा.वि, विद्योदय शिशु सदन र सामुदायीक तर्फ अमर मा.वि का गरि ८० जना भन्दा बढि विद्यार्थीहरु ले सहभागिता जनाएका थिए । वडा नं.२ ले आयोजना गरेको कार्यक्रममा जनचेतना नेपाल काठ्माडौंले सहजकर्ता संस्थाको रुपमा कार्यक्रमको सहजिकरण गरेको थियो ।

त्यसअवसरमा प्रशिक्षक खेमराज अधिकारी, चेतना निरौला र प्रेम कुमारी रिजालले लागु पदार्थ भनेको के हो?, लागु औषध कति प्रकारका हुन्छन्?, लागु औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरु देखिन्छन्?, लागु औषधका असरहरु के-के हुन्छ्?, लागु औषध प्रयोगका कारणहरु के-के हुन्?, लागु औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका स्रोतहरु केके हुन्?, लागु औषध प्रयोगकर्ताले कुन-कुन विधिबाट प्रयोग गरेको तथ्यांक छ ?, लागु औषध नियन्त्रणका प्रमुख पक्षहरु के-के हुन्?, लागु औषध प्रयोग गर्दा वा ओसार पसार गर्दा के-कस्ता कानुन लाग्ने गर्दछ लगायतका बारेमा जानकारी गराएका थिए । यस्तै प्रशिक्षक अधिकारीले विशेषगरि हालको अवस्थामा विद्यालयमा पढ्दै गरेका विद्यार्थीहरु नै लागु औषधको सिकार हुने बताउनु भएको छ । विद्यार्थी भाइ बहिनिहरु विद्यालय जाँदा वा केही कामले बाहिर जान लाग्दा आफन्त वा कसैले शंकास्पद तरिकाले कुनै सामान कुनै स्थान मा छोडिदिनु भनेर भन्यो भने विद्यार्थी आफु पनि सचेत रहनुपर्ने, के कस्तो खालको सामान हो भनेर विचार गर्नुपर्ने या सकभर त्यस्ता सामानहरु ओसार पसार गर्न नहुने भनेर सचेत गराउनु भएको छ । लागु औषध र्दुव्यसनी न्यूनीकरण कार्यक्रम पश्चात सहभागी विद्यार्थीहरु सँग अन्तरक्रिया समेत गरिएको थियो । सहभागी विद्यार्थीहरुले यस कार्यक्रमबाट धेरै कुराहरु थाहा पाउने अवसर मिलेको भन्दै प्रशिक्षक र आयोजकलाई भन्यवाद दिएका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथि रहनु भएको कार्यक्रममा वडा नं.२ का वडाध्यक्ष गोपाल कोइरालाले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरु का साथै अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया