Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १७ जेठ २०८० । कोशी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिने निर्णय गरेको छ ।

आजै (बुधबार) हिक्मत कार्की नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिने निर्णय गरेको जसपाले केहीबेर अघि सरकारबाट पनि बाहिरिने निर्णय गरेको छ ।

जनता समाजवादी पार्टी कोशी प्रदेश समितिको बैठकले प्रदेश सरकारमा रहेको आफ्ना मन्त्री फिर्ता बोलाउने र सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कोशी प्रदेश सरकारमा जसपाबाट निर्मला लिम्बु स्वास्थ्य मन्त्री बन्नु भएको थियो । गत पुस २५ गते लिम्बू एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा जानु भएको थियो । जसपाले सरकार छोडेपछि कार्की नेतृत्वको सरकार संकटमा परेको छ । गत पुस २४ गते माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

 

तपाईको प्रतिक्रिया