Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

शान्ति सुब्बा
गौरादह, १६ जेठ २०८० । जनप्रतिनिधि निर्वाचित भएको एक वर्षे कार्यकाल पूरा हुँदा गौरादह नगरपालिकाको स्थानीय सरकारले यस अवधिमा गर्नुपर्ने काम पूरा गरेको जनाएको छ। नगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले एक वर्षमा गरेका कामको उपलब्धीको पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो ।

आज (मंगलबार) नगरपालिकाको सभा हलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगर प्रवक्ता नगेन्द्र भण्डारीले जनप्रतिनिधि निर्वाचित हुँदा जनता समक्ष जाहेर गरेको एक वर्षे कार्ययोजना पूरा गरेको जानकारी गराउनु भएको थियो । गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष तथा प्रवक्ता भण्डारीले दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले सिमित स्रोत साधनका बिच एक वर्षको समयमा नगरपालिकाले सोचे अनुसार काम गरेको जानकारी गराउनु भएको थियो । पत्रकार भेटघाट कार्यक्रममा गौरादह नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को हाल सम्मको विवरणमा स्वास्थ्य शाखा, भौतिक पूर्वाधार निर्माण, योजना शाखा, राजश्व शाखा, लेखा शाखा तर्फ संक्षिप्त खर्च विवरण, रोजगार सेवा केन्द्र, महिला तथा बालबालिका शाखा, प्रशासन तथा सहकारी शाखा, शिक्षा युवा तथा खेलकुद शाखा, न्यायिक शाखा, कृषि विकास शाखा, उद्यम विकास, नक्सा पास सम्बन्धि वार्षिक प्रगती विवरण, विपद व्यवस्थापन सम्बन्धि प्रगती विवरण र सामाजिक सुरक्षा सम्बन्धिको कार्य प्रगती विवरण सार्वजनिक गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

यस्तै, नगर प्रमुख छत्रपति सुवेदीले स्वास्थ्य क्षेत्रमा गौरादह नगर अस्पतालमा १ जना एम.डी, २ जना मेडिकल अधिकृत गरि ३ जना डाक्टर, १ जना रेडियोग्राफर, फार्मेशी सहायक १, आधारभुत स्वास्थ्य सेवा केन्द्रहरुमा कार्यालय सहयोगी ६ जना र अ.न.मी २ जना नियुक्ती गरी नगर अस्पताल सञ्चालनमा ल्याइएको जानकारी गराउनु भएको थियो ।  अस्पतालमा पर्याप्त मात्रामा आवश्यक पर्ने औषधीको पनि व्यवस्था गरिएको जानकारी गराउँदै नगर भित्रका १० वटा स्वास्थ्य केन्द्रबाट नेपाल सरकारले तोकिएका १ सय १० प्रकारका औषधीहरु निःशुल्क वितरण गर्दै आइरहेको बताउनु भएको थियो । बिमा कार्यक्रम अन्तर्गत नगरपालिकाले सम्पूर्ण पूर्वाधारहरु तयार गरेको भएता पनि नेपाल सरकारको बिमा बोर्डले अनुगमन कार्यमा ढिलाई गरेका कारण बिमा कार्यक्रमलाई अगाडी बढाउन नसकिएको गराउनु भएको थियो ।शिक्षाको क्षेत्रमा प्राविधिक शिक्षाको अवधारणालाई अगाडि सारेको बताउँदै दुइवटा विद्यालयबाट प्राविधिक शिक्षाका लागि सिटिईभिटिबाट सम्बन्धन लिएर सुरु गरिएको र त्यसलाई सञ्चालन गर्नका लागि नगरपालिकाले थोरै भएपनि सहयोग गरेको बताउँदै सिटिईभिटिले तोकेको शूल्क भन्दा ५० प्रतिशत छुटमा विद्यार्थीहरुलाई पढ्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो। दुईवटा विद्यालय अन्तर्गत भद्रकाली मा.वि मा आई.टि.ई तीन वर्षे डिप्लोमा र डोरामारी मा.वि.मा कृषि सम्बन्धि तीन वर्षे डिप्लोमा जानकारी गराउनु भएको थियो । विद्यालयहरुमा ल्याबको सुविधा, ल्याबका लागि अनुदानको व्यवस्था, विद्यालय सञ्चालनमा सहजताका लागि ५/५ लाख अनुदान दिइएको बताउनु भएको थियो । आवश्यक संख्या भन्दा कम विद्यार्थी भएपनि कक्षा राम्रो सँग सञ्चालन भइरहेको जनाउँदै सिटिईभिटि बाट अब डोरामारी मा.वि. मा भेटनरी कक्षा संचालन गरिने तर्फ पहल भइरहेको बताउनुभयो । गौरादह-७ को प्रगती मा.वि मा सिभिल इन्जिनियरिङ कक्षा संचालनका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । सामाजिक विकासका क्षेत्रमा निर्वाचनमा गरिएको घोषणा पत्रमा उल्लेख गरिए अनुसार छोरी बुहारी निःशुल्क शिक्षा अन्तर्गत सामुदायीक कलेज गौरादह बहुमुखी क्याम्पसमा पढ्ने छोरी बुहारीका लागि नगरपालिकाले दरखास्त आहवान गरेकोमा १२ जना बुहारी र ८६ जना छोरी गरि ९८ जना छोरी बुहारीको दरखास्त परेकोमा बुहारीको पूर्ण शुल्क ९ हजार ६ सय र छोरीको आधा शुल्क ४ हजार ८ सयका दरले गरेर नगरपालिकाले क्याम्पसमा पठाइसकेको नगर प्रमुख सुवेदीले जानकारी गराउनुभयो । सोही कार्यक्रम अन्तर्गत कोही छुटेका भएमा फारम भर्न आग्रह गर्नुभएको छ । बहुमुखी क्याम्पसको माध्यमिक तहका छात्राहरुलाई हालसम्म सेनेटरी प्याड वितरण गरिंदै आएकोमा अबदेखि गौरादह बहुमुखी क्याम्पसमा पढ्ने छात्राहरुलाई समेत सेनेटरी प्याड उपलब्ध गराउने गरि वजेटको व्यवस्था गरिएको जानकारी गराउनुभयो । आर्थिक क्षेत्रको विकासका लागि कृषि क्षेत्रमा तालिमको व्यवस्था गरिएको, मल बनाउने कारखाना निर्माणको लागि प्रदेश सरकारको सहयोगमा मेशिन ल्याउने तयारीमा रहेको, सिंचाईको लागि भूमिगत सिंचाइ योजना अन्तर्गत ५८ वटा मोटर बोरिंङको कार्य सम्पन्न भइसकेको, नगरपालिका भित्रका वडा नं. ३ मा ३ वटा, वडा नं. ४ मा १ र वडा नं.१ मा १ गरि ५ वटा डिप बोरिंङ नगरपालिकाको पहलमा भइसकेको जनाइएको छ ।  वडा नं.७ मा मोटर बोरिंङ सिंचाइका लागि प्रदेश सरकारबाट ७ लाखको सर्शत अनुदान पत्र आइसकेको प्रमुख सुवेदीले जानकारी दिनुभयो । बालबालिका तथा ज्येष्ठ नागरिकहरुका लागि वडाहरुबाट सपोर्ट सामग्रीहरु बाँड्ने कार्य भइरहेको जनाइएको छ ।

यस्तैगरी, नेपाल सरकारको सहयोगमा फुसको छाना अन्त्य गर्ने योजना रहेकोमा नगरपालिकाले १ देखि ८ नं. वार्डका ४ सय ५० परिवारलाई नेपाल सरकारको सहयोगमा छाना परिवर्तन गर्ने योजना सिफारिस गरेर पठाइसकेको बताउँदै स्वीकृति पश्चात यहि आर्थिक वर्ष भित्रमा सम्झौता गरेर गौरादह नगरपालिका भित्र फुसको छानो भएको घर लगभग ९० देखि ९५ प्रतिशत सम्म सकिने जनाइएको छ । यो वर्ष नगरपालिकाले आफुले पनि ९६ वण्डल टिन खरिद गरिसकेको बताउँदै उक्त टिन विपन्न परिवारहरु, असिना पानिले खराब बनाएका टिनको छानाहरुको अनुगमन गरेर वितरण गरिने साथै नेपाल सरकारको कार्यक्रममा वार्ड नं. ९ नपरेकोले वार्ड नं.९ मा नगरपालिकाले खरिद गरेको टिनले छानाको सुुनिश्चितता गरिदिने जनाइएको छ । गौरादह नगरपालिका वडा नं.२ का वडाध्यक्ष गोपाल प्रसाद कोईरालाले स्वागत मन्तव्य राख्नु भएकको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया