Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १४ जेठ २०८० । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर ३।९ म्याग्निच्युडको भूकम्प गएको छ । सिन्धुपाल्चोकको गोल्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो १ बजेर १९ मिनेट जाँदा ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि जेठ १० गते बझाङको दौलीचौर वरपर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

 

तपाईको प्रतिक्रिया