Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, १३ जेठ २०८० । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ ।

मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर मृत्यु भएको मकालु गाउँपालिकाले जनाएको हो ।

मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए । विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको बताइएको छ ।

सदरमुकाम खाँदबारीबाट घटनास्थल पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा शनिबार बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको प्रहरीले जनएको छ ।

 

तपाईको प्रतिक्रिया