Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

एजेन्सी, १३ जेठ २०८० । भारतीय चर्चित गायक अरिजित सिंहको चण्डीगढ कन्सर्टको नक्कली प्रचार गर्नेविरुद्ध उजुरी दर्ता भएको छ ।

अरिजितले आफ्ना गीतहरूबाट आफ्ना प्रसंशकलाई मोहित पार्छन्। सामाजिक सञ्जालदेखि रियल लाइफसम्म उनलाई र उनको गीतलाई मानिसहरुले निकै मन पराउँछन् । गायन क्षेत्रमा उनको ठूलो फ्यान फलोइङ छ । यसैबीच अरिजितले चण्डीगढमा गर्ने भनिएको कन्सर्ट स्थगित भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार अरिजितले मे २७ को कन्सर्ट स्थगित गरेपछि कार्यक्रम व्यवस्थापनले छिट्टै नयाँ मिति घोषणा गर्ने जनाएको छ । खराब मौसमका कारण यो कन्सर्टको मिति सारिएको बताइएको छ । यसका साथै कार्यक्रमलाई लिएर केही नक्कली प्रचारहरू पनि भइरहेको कारण उजुरी दर्ता गरिएको हो ।

‘ग्रीन हाउस इन्डिया’ नामक इन्स्टाग्राम अकाउन्टले नक्कली पोस्टरमार्फत आफूलाई कन्सर्टको निर्माता दावी गर्दै आफ्नो रेस्टुरेन्टको प्रर्वद्धनका लागि निस्शुल्क टिकट दिने गरेको समाचारमा उल्लेख गरिएको छ ।

उक्त उजुरीलाई लिएर प्रहरीले साइबर क्राइम प्रहरी चौकीमा सेक्टर १७ मा मुद्दा दर्ता गरेको छ । यस मामिलामा भारतीय दण्ड संहिताको धारा ४१९, ४२० (धोखा) र १२० बी (आपराधिक षड्यन्त्र) अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

 

तपाईको प्रतिक्रिया