Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

झापा, १२ जेठ २०८० । झापाबाट प्रतिबन्धित लागुऔषध सहित १ महिला र १ पुरुष गरि २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देश भारत पश्चिम बंगाल प्रान्त दार्जेलिङ जिल्ला खोरीबारी थाना बस्ने २२ वर्षिय शिवु घोष र सोही ठाउँ बस्ने २६ वर्षिया श्यामली सोरेन रहेका छन् ।

आज(शुक्रबार) १ः३० बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो काठमाण्डौ र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोवार भइरहेको विशेष सूचनाको आधारमा झापाको भद्रपुर नगरपालिका-८ क्यापस मोड स्थित पुर्वबाट पश्चिम तर्फ छुट्टाछुट्टै साईकलमा आउदै गरेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर १९४ ग्राम ५४० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

दुवै जनालाई नियन्त्रणमा लिई उनिहरुले चलाई ल्याएको २ थान साइकल र मोबाईल २ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो।

तपाईको प्रतिक्रिया