Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

झापा, १० जेठ २०८० । झापाको शिवगंज बजारमा एकै रातमा ४ वटा सटर फोडी चोरी गर्ने १ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका-५ आमबाडी बस्ने ५६ वर्षिय सविलाल खवास रहेका छन् ।

यहि जेठ ३ गते राति शिवसताक्षी नगरपालिका-६ को शिवगंज बजारमा लगातार श्रृखंलाबद्ध रुपमा ४ वटा सटर फोडी चोरी भएको गुनासो प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय शिवगंजले गहन रुपमा अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न खवासलाई चोरी भएका सामानहरु, नगद र चोरी भएको अवस्थामा प्रयोग भएको फलामको रड, झोला र चोरी गर्दा प्रयोग भएको कपडा सहित उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो । पक्राउ परेका खवासलाई झापा जिल्ला अदालतबाट चोरी मुद्दामा ७ दिन म्याद थप गरि ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया