Online Bichar
बुधबार, आश्विन १०, २०८० | Wednesday, September 27, 2023

झापा, ९ जेठ २०८० । हाल देशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन सम्म देशव्यापी रुपमा मौसम पूर्ण रुपमा सफा नहुने जनाइएको छ । जसका कारण वर्षा, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन हुन अनुरोध समेत गरेको छ ।

आज राती कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा मधेश प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

 

तपाईको प्रतिक्रिया