Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

झापा, ८ जेठ २०८० । झापाको कचनकवलमा पानी तान्ने मोटर चोरी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कचनकवल गाउँपालिका-७ स्थित सितागढी घर भएका अन्दाजी २० वर्षीय उत्सव कटुवाल र सोही स्थानका अन्दाजी २३ वर्षीय ज्ञानबहादुर लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरूलाई कचनकवल-७ स्थित बालुबाडीबाट पक्राउ गरिएको हो । शनिवार राति ११ बजेको समयमा फर्साडाँगीबाट पानी तान्ने मोटर चोरी गरेर भाग्दै गर्दा उनीहरूलाई स्थानीयले पक्राउ गरी इलाका प्रहरी कार्यालय बनियानीलाई जिम्मा लगाएका थिए ।

 

तपाईको प्रतिक्रिया