Online Bichar
शनिबार, फाल्गुण १२, २०८० | Saturday, February 24, 2024

खोटाङ, ८ जेठ २०८० । खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको मृत्यु भएको हो ।

विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को२त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको मृत्यु भएको हो । ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।

प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

 

तपाईको प्रतिक्रिया