काठ्माडौं, ७ जेठ २०८० । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ। शनिबार साँझ रौतहट गढीमाई नगरपालिका-७ धरमपुरकी १२ वर्षीया रञ्जिताकुमारी महतोको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
रौतहट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) उमाशंकर यादवले आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बालिकाको मृत्यु भएको बताए।
‘बालिकाको घटनास्थलमै मृत्यु भएको हो, परिवारले अस्पताल पुर्याउनै पाएनन्,ʼ डिएसपी यादवले भने ।
‘मोबाइलको चार्जरमा त्यति धेरे भोल्टेज नहुनपर्ने हो, कसरी भयो हामी अनुसन्धानमा छौं,’ उनले भने।सेतोपाटीबाट