Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

झापा, ६ जेठ २०८० । झापामा फेरि पनि १ महिलाले सेनेटरी प्याडमा लुकाएर लागुऔषध ब्राउनसुगर लाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमल गाउँपालिका-७ घर भई हाल काठमाण्डौ नारायण थान डेरा गरी बस्ने २६ वर्षिया एन्जल राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

शनिबार(आज) ११ः५ बजेको समयमा भद्रपुर बिमानस्थलमा बिमान सुरक्षा गार्ड झापाबाट खटिएका प्रहरी टोलीले सुरक्षा चेकजाँच गर्ने क्रममा यति एयरलाइन्स द्वारा भद्रपुरबाट काठमाण्डौ जान लागेकी राईले लगाएको भित्रि बस्त्र (पेन्टी) मा प्याडको बीच भागमा प्लास्टिकमा पोको पारी लैजान लागेको ब्राउन सुगर १५ ग्राम ६६० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनको साथमा रहेको नागरिकता र Redmi मोबाईल १ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया