Online Bichar
शनिबार, माघ २६, २०८१ | Saturday, February 8, 2025

झापा, ३ जेठ २०८० । आफु हराएको भनि भ्रम फैलाई सम्पर्क बिहिन भएको व्यक्तीलाई प्रहरीले फेला पारेको छ । भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका-४ का ३२ वर्षिय पुर्ण भन्ने शेर बहादुर सुहाङ र सोही ठाउँका ३९ वर्षिय प्रेम भन्ने फुल बहादुर गौतम दर्जी रहेका छन् ।

यहि वैशाख ३१ गते ५ः४० बजेको समयमा बुद्धशान्ति गाउँपालिका-३ को बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा भ्रष्टाचार विरुद्धको बिरोध कार्यक्रम भएको थियो । उक्त कार्यक्रम पश्चात सुहाङले फेसबुकमा उक्त भ्रष्टाचार विरुद्धको बिरोध कार्यक्रमका आयोजकहरुलाई आघात पुग्ने गरी फेसबुकमा स्टाटस लेखी सेयर गरेको भन्दै नेपाल तरुण दल बुद्धशान्तिका केही मानिसहरु संग बिबाद भए पश्चात शेर बहादुर सुहाङ बेपत्ता भएको भनि खोजतलास गरी पाउँ भनि उनका आफन्तहरुले ईलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते निवेदन दिएका थिए ।

सोही दिन संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटर प्याडमा लिम्बुवान भोलेन्टियर्स (एल.भी.) ईन्चार्ज शेर बहादुर सुहाङलाई सकुसल अपहरण मुक्त गरी दोषीलाई कडा कार्वाही गरियोस भन्ने ब्यहोराको प्राप्त प्रेस बिज्ञप्ती समेतलाई मध्यनजर गर्दै घटना सम्बन्धमा तालिम प्राप्त कुकुर समेतको प्रयोग गरी बैज्ञानिक अनुसन्धान गर्दा सुहाङले आफ्नै साथी फुल बहादुर गौतम दर्जी संग मिलेमत्तो गरी बुद्धशान्ति गाउँपालिका-७ को पैनि बगरमा आफुले लगाएको टि-सर्ट च्याति, घडि समेत चुडाई फाली भ्रम सिर्जना गरी सम्पर्क बिहिन भएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

हराएको भनि भ्रम फैलाई सम्पर्क बिहिन भएको सुहाङ र मिलेमत्तो गर्ने साथी समेतलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थानियहरु समेतको सहयोगमा आज(बुधबार) ईलाम रोङ गाउँपालिका४ स्थित बिरिङखोलाको पुलमुनीबाट फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

 

 

तपाईको प्रतिक्रिया