Online Bichar
बिहिबार, फाल्गुण १७, २०८० | Thursday, February 29, 2024

काठमाडौं, २ जेठ २०८० । सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनामा दोषी रेशमलाल चौधरीलाई जन्मकैदको सजाय हुने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सदर गरेको छ ।

मङ्गलबार सर्वोच्चका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

सोही मुद्दाका आरोपी सिताराम चौधरी र गंगाराम चौधरीले सफाइ पाएका छन् । लक्षमण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया