Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, १ जेठ २०८० । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित कांग्रेसका पूर्वसांसद आङ्टावा शेर्पाले आत्मसमर्पण गरेका छन् ।

सोमबार काठमाडौं प्रहरी परिसर टेकु पुगेर उनले आत्मसमर्पण गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा शेर्पाविरुद्ध आइतबार पक्राउ पुर्जी जारी भएको थियो । हिरासतमा रहेका आरोपितलाई भेटेर यस मुद्दामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई नपोल्न भन्दै प्रभावमा पारेको आरोप उनीमाथि लागेको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण, पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वसचिव पाण्डेसहित १३ जना पक्राउ परिसकेका छन् ।

पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक र थापाका तत्कालीन सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरज राई भने फरार रहेका छन् ।

 

तपाईको प्रतिक्रिया