Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

मोरङ, २९ वैशाख २०८० । विराटनगर महानगरपालिका–१० तीनटोलियामा आफ्नै शरीरमा आगो लगाएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कुपी ९टुकी०बाट मट्टितेल खन्याएर शरीरमा आगो लगाएकी ४० वर्षीया आशा शर्मा ९कोइरी०को मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार पति राजकुमार कोइरीसँग भएको सामान्य विवादपछि गत बुधबार राति ९ बजेतिर आशाले मट्टितेल खन्याएर शरीरमा आफैँले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

आगोले शरीरका अधिकांश भाग जलेकी उनलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा भोलिपल्ट अर्थात बिहीबार साँझ ७स्३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्नपूर्णबाट साभार

 

तपाईको प्रतिक्रिया