Online Bichar
बिहिबार, फाल्गुण १०, २०८० | Thursday, February 22, 2024

झापा, २८ वैशाख २०८० । सिंगापुर पठाइदिन्छु भन्दै ९५ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बाह्रदशी गाउँपालिका-६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० स्थित नयाँ बानेश्वर बस्ने २० वर्षीय सृजन निरौला रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले सिनामंगलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगारी विभाग बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ । उनले पीडित ओमनाथ मैनालीसहित १२ जनालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिने भन्‍दै प्रतिव्यक्ति १४ लाखका दरले ९५ लाख रकम लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

 

तपाईको प्रतिक्रिया