Online Bichar
सोमबार, आश्विन ०८, २०८० | Monday, September 25, 2023

झापा, २७ वैशाख २०८० । अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर पत्रकार ज्ञानेन्द्र निरौलालाई फेसबुकमार्फत कारबाहीको धम्की दिइएको घटनालाई नेपाल पत्रकार महासंघ झापाले खेदजनक ठहर गरेको छ ।

महासंघका जिल्ला सचिव डिकेश लामाले आज प्रेस विज्ञप्ति जारी गर्दै समाचारको विषयमा चित्त नबुझे वा कुनै गुनासो रहे त्यसउपर कानुनी उपचारमा जान सकिने विकल्प र स्थापित मान्यता हुँदाहुँदै सामाजिक सञ्जालमार्फत पत्रकार र सञ्चारमाध्यमको नामै किटान गरेर धम्क्याउँदै हतोत्साहित बनाउने कार्य प्रेस स्वतन्त्रता विरोधी भएको महासंघको ठहर रहेको जनाइएको छ ।

महासंघले यस्ता कार्य आगामी दिनमा नदोहोर्‍याउन सचेत गराउँदै त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

पुहाँतु माविका केही शिक्षक र विद्यालय व्यवस्थापन समितिबीच विवाद रहेको छ । सोही विषयमा पत्रकार ज्ञानेन्द्र निरौलाले सेतोपत्र अनलाइनमा समाचार लेखेका थिए ।

समाचारप्रति आक्रोश व्यक्त गर्दै विद्यालयकै शिक्षक अभिभावक संघका अध्यक्ष ज्ञानेन्द्र कटुवालले नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् तथा नेपाल प्रेस युनियन कोसी प्रदेशका उपाध्यक्ष समेत रहेका पत्रकार निरौलालाई कारबाही गरिनु पर्ने फेसबुकमा लेखेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया