Online Bichar
आइतबार, भाद्र ३०, २०८१ | Sunday, September 15, 2024

जेबि खड्का
गौरादह, २५ वैशाख २०८० । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर वृद्धी गर्दै विद्यालयको भविस्य उज्ज्वल बनाउन बिद्यालयका प्रधानाध्यापकहरु सक्रिय हुने प्रतिबद्धता जनाएका छन। गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीको बिदाईको पुर्ब सन्ध्यामा ईलामको फिकलमा आयोजना गरिएको कार्यक्रममा सामुदायिक बिद्यालयमा अध्यानरत बिद्यार्थीहरुलाई क्षमतावान बनाउन शिक्षकहरु समेत थप सक्रिय भएर लागिपर्ने प्रधानाध्यापकहरुले प्रतिबद्धता जनाएका छन।

गौरादह नगरपालिका भित्रका प्रधानाध्यापकहरुले फिकलमा आयोजना गरेको कार्यक्रममा सामुदायिक बिद्यालयमा बिद्यार्थी संख्यामा कमी हुदै जाँदा बिद्यार्थी संख्या बढाउन शैक्षिक सरोकारवालाका साथै सम्बन्धित निकायहरुको ध्यानजान जरुरी रहेको धारणा राखेका थिए।कार्यक्रमका प्रमुख अतिथि गौरादह नगर शिक्षा शाखा प्रमुख टेकनाथ रेग्मीले नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालयहरुको भबिस्य उज्ज्वल बनाउन आफ्नो कार्यकालमा पुर्ण रुपमा सहयोग गरेको धारणा राखेका थिए। काम गर्ने शिलशिलामा आफू र प्रधानाध्यापकहरु बिच भनाइ र बुझाईमा फरक पर्दा केही अफ्ट्यारो परिस्थिति सृजना भएपनि त्यसलाई सहजिकरण गरिएको बताएका थिए।

गौरादह नगरको शिक्षा क्षेत्रको सुधारमा आफ्नो भन्दापनि प्रधानाध्यापकहरुको सहयोगले सफलता पाएकाले त्यसको स्रेय प्र।अ। हरुलाई जाने बताएका थिए।सुरुवाती समयमा कार्यलय स्थापना नहुदा काम गर्न कठिनाई भएपनि पछिल्लो समयमा ब्यबस्थापन भइसकेकाले सहजता भएको जनाएका थिए।नगर भित्रका केही बिद्यालय बाहेक भौतिक क्षेत्रमा ब्यबस्थापन भइसकेको, दरबन्दी मिलान कार्य भइरहेकाले अब शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको ध्यानजान जरुरी रहेको धारणा राखेका थिए।

बिदाईको पुर्ब सन्ध्यामा आयोजना गरिएको कार्यक्रममा मन्तब्य राख्ने अधिकांश प्रधानाध्यापकले नगर शिक्षा शाखा प्रमुखको बाँकी कार्यकाल सुखमय बनोस भन्ने कामना गरेका थिए। गौरादह नगर शिक्षक महासंघ अध्यक्ष बाबुराम भण्डारीले नगर भित्र रहेका सामुदायिक बिद्यालयहरुको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा नगर शिक्षा शाखाका तर्फबाट टेकनाथ सरले पुर्याउनु भएको योगदानको चर्चा गरेका थिए। प्रगति माध्यमिक बिद्यालयका प्रधानाध्यापक डिल्लीराम अधिकारीले गौरादह नगरको शिक्षा क्षेत्रमा सुधारका लागि टेकनाथ सरले प्रधानाध्यापक र शिक्षकहरुलाई गर्नु भएको सहयोग अतुलनीय रहेको बताएका थिए।कार्यक्रममा गौरादह नगर शिक्षा शाखा अधिकृत बिदुर आचार्य, भद्रकाली मा.बि. का प्रधानाध्यापक रेवलाल श्रेष्ठ, जनता मा.बि. बालुबथानका प्रधानाध्यापक रत्न बहादुर कटुवाल,लाल जनकल्याण प्रा.बि. कि प्रधानाध्यापक निर्मला पौडेल, अमर मा.बि. गौरादहका प्रधानाध्यापक चिन्तामणी काफ्ले, अमर मा.बि. बैगुन्धुराका प्रधानाध्यापक टि.पि. पौडेलले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा गौरादह नगरपालिका भित्रका ३२ सामुदायिक बिद्यालयका प्रधानाध्यापकहरु सहभागी भएका थिए। जनता मा।बि। गौरादहका प्रधानाध्यापक हरि प्रसाद अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुर्यदय आधारभूत बिद्यालयका प्रधानाध्यापक लिलानाथ गौतमले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया