Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

झापा, २२ वैशाख २०८० । सुनसरीको सिरुवा मेलाबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका १ स्थित आपगाछीमा लागेको सिरुवा मेलाबाट बिहीबार साँझ सवा ७ बजेको समयमा सुनसरीको गढीगाउँपालिका-२ घर भएका वर्ष ३८ को जमिल खातुनले मेलामा जेरी किनेर १ हजार रुपैयाँ तिर्दा पसलको मानिसले नक्कली पैसा दिएको शङ्का लागेर मेलामा डिउटी खटिएको प्रहरी टोलीलाई जानकारी गराएका थिए ।

घटना बारेमा जानकारी पाउन साथ प्रहरीले नियन्त्रणमा लिएको खातुनको साथबाट एक हजारको ६ थान र पाँच सयको २२ थान नक्कली नोट बरामद गरेको थियो । घटना बारेमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया