Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

झापा, २२ वैशाख २०८० । झापाको चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगर सहित दुईजना महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर हेटौडा उपमहानगरपालिका-१ घर भई मेचीनगर बिवाह गरेर बस्दै आएकी २१ वर्षिया सोनी श्रेष्ठ राजवंशी र उनकि दिदि २३ वर्षिया संध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।

बिहिबार ९ः१० बजेको समयमा भद्रपुर नगरपालिका-८ स्थित चन्द्रगढीबाट बुद्ध एयरको जहाजद्वारा काठमाण्डौ जान लागेका उनिहरु दुवैलाई बिमानस्थलमा सुरक्षा गार्डमा खटिएको प्रहरी टोलीले शंका लागि चेकजाच गर्दा सोनीले प्रयोग गर्ने भित्री बस्त्र (पेन्टी) भित्र २ वटा प्याडको बिच भागमा प्याड आकारको साइज बनाई लुकाई लैजान लागेको ७६ ग्राम ३४० मिलि ग्राम ब्राउन सुगर फेला परेको थियो । यस्तै, Redme-10 मोबाईल थान-१, नेपाली नागरिकता थान-१/१, A42 मोबाईल थान-१ सहित दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया