Online Bichar
सोमबार, मंसिर १७, २०८१ | Monday, December 2, 2024

काठमाडौँ, २२ वैशाख २०८० । संखुवासभाको भोटखोलामा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई काठमाडौं ल्याइँदै छ । शुक्रबार दिउँसो भोटखोला गाउँपालिका-४, हम्मरेडाँडामा भएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा पाइलटसहित ५ जना घाइते भएका छन् ।

दुर्घटनामा घाइते हुनेहरूमा क्याप्टेन पौडेलसहित, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम शंकर छन् ।

सिम्रिक एयरका प्रमुख बजार अधिकृत योगेश सापकोटाका अनुसार दुर्घटनामा घाइते भएका सिम्रिकका क्याप्टेन तथा चिफ पाइलट सुरेन्द्र पौडेलसहित घाइतेहरूलाई काठमाडौं ल्याइँदैछ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार घाइतेलाई अहिले दुर्घटनास्थलबाट सेना र सिम्रिककै हेलिकप्टरबाट खाँदबारी विमानस्थलमा पुर्‍याइएको छ । घाइतेको अवस्था हेरेर अब थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको उनले बताए ।

सिम्रिकका प्रमुख बजार अधिकृत सापकोटाले घाइतेहरूलाई केहीबेरमा हेलिकप्टरबाट मेडिसिटी अस्पताल ल्याइने बताए । उनका अनुसार हेलिकप्टर दुर्घटनामा भएको क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया