Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

काठमाडौं, २० वैशाख २०८० । संखुवासभामा निमार्णाधिन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जना मजदुरको मृत्युको भएको छ ।

सोही घटनामा मंगलबार दुई जना मजदुर घाइते भएका हुन् । आयोजनामा अडिट २ मा कार्यरत सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीय प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको हो । मंगलबार राति मकालु गाउँपालिका–५ आमाराङमा रहेको अडिट २ को सुरुङमा माथिबाट खसेको ढुंगा लागेर राई गम्भीर घाइते भएका थिए ।

घाइते राईको उपचारका क्रममा बुधबार बिहान जिल्ला अस्पताल संखुवासभामा मृत्यु भएको प्रहरीले बताएको हो । राईसँगै सुरुङभित्र काम गर्ने क्रममा अन्य दुई जना मजदुर पनि घाइते भएको प्रहरीले बताएको हो । भारतको आसाम गुवाहाटीका २३ वर्षीय सममती वलिता र २३ वर्षीय साइमुदिन अली घाइते भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

अरुण आयोजना स्थलमा अहिलेसम्म करिब २४ मजदुरको मृत्यु भइसकेको छ । आयोजनामा नेपाली र भारतीय गरी करिब ३ हजार जना मजदुरहरूले काम गरिरहेका छन् ।

 

तपाईको प्रतिक्रिया